नेपाली कांग्रेसले सरकारका विरुद्ध दशैंपछि आन्दोलन गर्ने

क्लिकमान्डु २०७७ असोज ३० गते १८:१७ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकाले दशैं लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताए ।

कांग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने उनको भनाइ छ ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनको तर्क छ । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाले बताए ।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताए ।

उनले सरकारलाई जिम्मेवार बनेर काम गर्न समेत माग गर्नुभयो । कोभिड १९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्दार र राहतको समूचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गरे ।

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड १९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड १९ संक्रमण समूदाय स्तरमा फैलिदा समेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स