बलिउड चलचित्र “का पे रनसिंगम” डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानलमा हेर्न सकिने



काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगमर्” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

तमिल चलचित्र “का पे रनसिंगमर्” सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सक्नेछन् भने, असोज १६ गते रिलिज भएको चलचित्र “खाली पीलीर्” हेर्न चाहने दर्शकले विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्नेछन् ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगमर्” अथवा “खाली पीलीर्” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार हेर्न सकिने बताएउको छ ।


क्लिकमान्डु