प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, ६० करोड रुपैयाँको आइपीओ आउने



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको  अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ ।


क्लिकमान्डु