सुरज वैद्य सहित चर्चित उद्योगी र ठेकेदार सांसद्ले भ्याट बुझाएनन् (सूचिसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनीले उपभोक्ताबाट उठाएर सरकारलाई बुझाउनुपर्ने मूल्य अभिबृद्धि कर(भ्याट) नबुझाएको पाइएको छ ।

वैद्यका कम्पनीहरु निर्माण टी प्रोसेसिङ एण्ड प्याकेजिङ प्रालिले २०६५ देखि भ्याट विवरण दाखिला गरेको छैन । वैद्यको कम्पनी नेको एलाइन्स र सुजाकी इन्कप्रोरेटले पनि भ्याट नबुझाएको पाइएको छ ।

विभागले लामो समयदेखि भ्याट दाखिला नगर्ने २९ हजार कम्पनी तथा फर्मको सूचना जारी गरेको छ ।

यसमा कतिपय कम्पनी भने बन्द भइसकेका छन् । कतिपय संचालकको मृत्यु समेत भएको छ ।

भ्याट विवरण दाखिला नगर्नेमा सांसद् समेत रहेका निर्माण व्यवसायी समेत छन् । नेपाली कांग्रेसबाट रसुवाबाट निर्वाचित सांसद् मोहन आचार्यको कम्पनीले समेत भ्याट बुझाएको छैन । यस्तै बहादुरसिंह लामाको कम्पनी समेत भ्याट नबुझाउनेको सूचिमा छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का घरबेटीको शारदाप्रसाद अधिकारीले समेत भ्याट बुझाएका छैनन् ।

कतिपय कम्पनी बन्द भएपनि विभागले भ्याट नबुझाउने सूचिमा राखेको छ । व्यवसायी बसन्त चौधरीको कम्पनीको नाम समेत भ्याट नबुझाउने सूचिमा छ । जबकी उनको कम्पनी भने इम्प्याक्ट इन्टरनेशन समेत भ्याट नबुझाउने सूचिमा छ । उनको कम्पनी २०७१ सालदेखि बन्द भएको जानकारी चौधरीले दिएका छन् ।


क्लिकमान्डु