कात्तिक ७ देखि विदेशी च्यानल विज्ञापनरहित प्रसारण गर्नु, समय थपिँदैनः मन्त्रालय



काठमाडौं । सरकारले कात्तिक ७ देखि विदेशी च्यानल विज्ञापन रहित प्रसारण गर्न निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्र्दै कात्तिक ७ गतेदेखि विदेशी च्यानल विज्ञापन रहित प्रशारण गर्न निर्देशन दिएको हो ।

विज्ञापन ऐनमा २०७६ का दफा ६ (१) अनुसार नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित प्रशारण गर्नुपर्ने उल्लेख रहेको छ ।

मन्त्रालयलद्वारा जारी सूचनामा विभिन्न माध्यमबाट इन्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ लगायत संघ संस्थाले विज्ञापनरहित प्रशारणको म्याद थप्न माग गरेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

तसर्थ कात्तिक ७ गते भित्र ऐनमा भए अनुसार नै विज्ञापनरहित विदेशी च्यानल प्रशारण गर्न निर्देशन दिएको छ । कात्तिक ७ पछि विज्ञापनरहित प्रशारण नभएमा प्रचलित कानून बमोजिम हुने व्यहोरा समेत जानकारी गराएको छ । 


क्लिकमान्डु