सस्तो डिलद्वारा अनलाइन सपिङ मेला ‘बिग डिल एट सस्तो डिल’ घोषणा
काठमाडौं । ई-कमर्स सस्तो डिल डटकमले दशैंको अवसरमा ‘बिग डिल एट सस्तो डिल’ अफर ल्याएको छ ।
यो अफर असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म चल्ने छ । उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने सस्तो डिलका संस्थापक अमुन थापाले बताए ।
सस्तो डिलको अफर अनलाइन सपिङ माध्यमको सबैभन्दा ठूलो मेला भएको थापाले बताए । यसले देशभरका विक्रेताहरुको उत्पादनहरुलाई एउटै प्लेटफर्ममा सामेल गर्नेछ । विभिन्न आकर्षक अफरसँगै निशुल्क होम डेलिभरी गरिने थापाले जानकारी दिए ।
पछिल्लो समय बजारमा रुचाइएका र उत्कृष्ट ३० भन्दा बढि उत्पादनहरू समावेश गरिनेछ बताइएको छ । पुरुष तथा महिलाको फेसन, स्मार्टफोन र ट्याबलेटहरू, घरायसी उपकरण, साङ्गीतिक उपकरणहरू लगायतका उत्कृष्ट उत्पादनहरू उपभोक्ताले फेला पार्न सक्षम हुने थापाले जानकारी दिए । यो समयमा ३० भन्दा बढि लोकप्रिय ब्रान्डका सामान ८० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ ।
विशेष ब्रान्ड सम्झौतामा केटीएम सिटि, अन्ता, टाइटन, मिचा, नाइके, स्किचर्स, क्यालिबर, बल्ट्रा, सामसुङ, सीजी इलेक्ट्रोनिक्स, एलजी लगायत अन्य ब्रान्डहरूका उत्पादनहरु सामेल हुनेछन् । यो अफर असोज २७ गतेदेखि कात्तिक १ गते सम्म लागु हुनेछ ।
उपभोक्ताले लक्की ड्र मार्फत एसडी स्क्र्याच कार्डका विभिन्न गिफ्ट पाउनेछन् । ग्राहकहरूले हरेक डेलिभरीको साथ एक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जस अन्तर्गत उपभोक्ताले १० हजार रुपैयाँ बराबरको छुट र ४९ इन्चको मारक्यु टिभीे बम्पर पुरस्कार पाउनेछन् । लक्की ड्र हरेक दिन गरिने बताइएको छ ।
उपभोक्ताहरुले हरेक दिन १२ वा सो भन्दा बढि उपहार जित्न अवसर पाउनेछन् । उपहारमा स्मार्टफोन र स्मार्ट ग्याजेटहरू समावेश छन् । यो योजनामा ग्राहकरुले अर्डर गरेपछि स्वचालित रूपमा त्यस विशेष दिनको लक्की ड्रमा ग्राहकहरु समाबेस हुनेछन् ।
ग्राहकहरूले सस्तोडिलको वेबसाइटबाट खरिद गर्दा ५ हजारभन्दा बढिको छुट उपलब्ध हुनेछ ।
सस्तोडिलले मोबाइल वालेट आईएमई पे र बैंकहरू एनआईसी एशिया, एचबीएल, एनएमबी बैंक, एनआईबीएल र सनिमा बैंकसँगबाट भुक्तानी गरेको खण्डमा २५ प्रतिशत सम्म क्यास ब्याक दिने बताइएको छ ।