जनरल इन्स्योरेन्सको भएन पहिलो कारोबार, बुधबार के होला ?



काठमाडौं । जनरल इन्स्योरेन्सको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुन सकेन ।

प्री ओपनिङको समयमा सेयर म्याचिङ हुन नसक्दा मंगलबार नियमित समयमा कारोबार हुन नसकेको हो ।

मंगलबार नियमित समयमा कारोबार नभएपछि बुधबार कारोबार हुने छ । त्यसको लागि प्रि ओपनिङ समयम कारोबार म्याच हुनुपर्ने छ । अनिमात्रै नियमित समयमा कारोबार हुने छ ।
जुनसुकै आइपीओ पनि दोस्रो बजारम प्री ओपनिङमा म्याचिङ नभएसम्म कारोबार हुँदैन ।

जनरलको सेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो । इन्स्योरेन्सको कारोबारले न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज पाएको छ । यो रकम भित्र कारोबार हुनुपर्ने छ । यसको संकेत जीआइसी रहेको छ ।


क्लिकमान्डु