६० करोडको आईपीओ ल्याउँदै प्रभु लाईफ, बोर्डमा दियो आवेदन
काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
आईपीओ जारी गर्नका लागि इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँको दरले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर जारी गर्नको लागि बोर्डमा आवेदन दिएको छ ।
बोर्डको अनुमति पछि इन्स्योरेन्सले ६० लाख कित्ता सेयर जारी गर्ने छ । इन्स्योरेन्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।