विश्व खाद्य दिवस सप्ताह सुरु



काठमाडौं । विश्व खाद्य दिवसको अवसरमा कृषि विभाग र खाद्यका लागि कृषि अभियानले विश्व खाद्य दिवस सप्ताह सुरु भएको छ ।

सप्ताहव्यापी कार्यक्रममा कृषिमा संचार प्रविधिको प्रयोग, रैथाने खाना, पर्यटन र उनीहरु लक्षीत खाद्य र खेतीका तत्कालिन सवालहरुमा छलफल हुने छ ।

त्यस्तै कोरोना भाइरसले निम्त्याएको संक्रमणको समयमा सृजित खाना र खेतिपाती विषयमा छलफल हुने छ । भूमिहिन किसानको खाद्य अधिकार, शिक्षा र कृषिको विषयमा छलफल हुने छ । यता कर्णाली क्षेत्रको कृषिका मुद्धाका विषयमा छलफल गरिनेछ भने ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तक्रिया कार्यक्रम हुने छ ।

कार्यक्रममा देशभरिबाट पाँच उत्कृष्ट किसानहरुलाई अवार्ड पनि प्रदान गरिने छ । खाध्य अभियानका अभियन्ता कल्पना कार्कीका अनुसार अहिलेको समयमा कृषि क्षेत्रलाई तत्कालिन र दीर्घकालीन रुपमा कसरी अघि बढाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको बताइन् ।

यता कृषि विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले आगामी दिनमा यस्ता खाले कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरिनुपर्ने बताए । उनले यसले उपभोगकर्ता देखि उत्पादन गर्ने कृषकको लागि समेत प्रभावकारी हुने बताए ।


क्लिकमान्डु