बैंकिङ क्षेत्रमा कोरोना आतंकः कुल संक्रमितमध्ये ३.४०% बैंकिङ क्षेत्रका कर्मचारी, ३ जनाको मृत्यू



काठमाडौं । बैंकिङ क्षेत्रमा कोरोना आतंक नै मच्एिको छ । महामारीको रुपमा फौलिएको कोरोना भाइरसको हटस्पोट बैंकिङ क्षेत्र भएको छ ।

नेपालमा हालसम्म ९४ हजार २ सय ५३ जना कोरोना संक्रमित भएका छन् । जसको ३.४० प्रतिशत संक्रमित बैंकिङ क्षेत्रका कर्मचारी रहेका छन् ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रले लकडाउन र निषेधाज्ञाबीच समेत ग्राहकलाई सेवा दिइरहेको छन् । यसबीच नियमक निकाय नेपाल राष्ट्र बैंककासहित ३ हजार २ सय ६ जना कर्मचारी संक्रमित भइसकेका छन् ।

बैंकिङ क्षेत्रमा भएका कोरोना संक्रमितमध्ये हालसम्म ३ जनाको मृत्यूसमेत भइसकेको राष्ट्र बैंकले जनाएको छ । मृत्यू हुनेमा भने वाणिज्य बैंकका कर्मचारीका परिवार रहेका छन् ।

कोरोनाको ‘हटस्पट’ बन्यो बैंकिङ क्षेत्र, ४.१७ % कर्मचारी कोरोनाबाट संक्रमित

बैंकिङ क्षेत्रका कुल संक्रमितमध्ये केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित ६९ जना कर्मचारी र ५७ जना कर्मचारीका परिवार गरी १०६ जना कोरोना संक्रमित भएका छन् । पुष्टी भएका संक्रमितहरुमा ६८ जना सक्रिय संक्रमित हुन् भने ४८ जना निको भइसकेका छन् ।

यसैगरी, हालसम्म बैंक तथा वित्त कम्पनीका कर्मचारी र उनीहरुका परिवार गरी कुल ३ हजार १ सय जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । जसमा २ हजार २०४ जना बैंक तथा वित्त कम्पनी कर्मचारी हुनु भने बाँकी ८ सय ९६ जना कर्मचारीका परिवारका सदस्य हुन् । बैंक तथा वित्त कम्पनीमा हालसम्म कोरोना पुष्टी भएकामध्ये सक्रिय संक्रमित भने १ हजार ७ सय ३८ जना रहेका छन् ।

यस्तो छ कोरोना लागेर होम आइसोलेशनमा बसेका डेपुटी गभर्नर शिवराज श्रेष्ठको डायरी

नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार २ हजार ५ सय ९४ जना संक्रमित वाणिज्य बैंकहरुका छन् । जसमध्ये १ हजार ८ सय ६५ जना कर्मचारी र ७ सय २९ जना कर्मचारीका परिवारका सदस्य हुन् । यसमध्ये वाणिज्य बैंकहरुमा १ हजार ४ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, विकास बैंकहरुका २ सय ६९ जना कर्मचारी र १ सय ४१ जना परिवारका सदस्य गरी कुल ४ सय १० जना कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ सय १५ जना सक्रिय संक्रिमित रहेका छन् ।

वित्त कम्पनीहरुमा कार्यरत ७० जना कर्मचारी र २६ जना परिवारका सदस्य गरी कुल ९६ जनामा कोरोना संक्रमण भएको हो । जसमध्ये ४२ जना सक्रिय संक्रमित रहेका छन् ।


पुष्प दुलाल