यस्तो छ कोरोना लागेर होम आइसोलेशनमा बसेका डेपुटी गभर्नर शिवराज श्रेष्ठको डायरी



काठमाडौं । गत बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर सहित ७ जनालाई कोरोना पुष्टि भएको थियो । बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसमध्ये डेपुटी गभर्नर श्रेष्ठ, दुईजना संस्थागत योजना विभागका, ३ जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी थिए ।

सो पछि गभर्नर महाप्रसाद अधिकारी सहित कोरोना पुष्टि भएका कर्मचारीसँग सम्पर्कमा आएका अन्य कर्मचारी होम क्वारेन्टिनमा बसेका छन् ।

कोरोना संक्रमित डेपुटी गभर्नर पनि बिहीबारदेखि नै होम आइसोलेशनमा बसेका छन् । उनी कोरोना संक्रमित भएपनि उच्च मनोबल बनाउँदै स्वास्थ्य उपचारमा छन् ।

होम आइशोलेशनबाट उनले आफूले कोरोनालाई जित्न गरेका प्रयासहरु बारे आफ्नो सामाजिक सञ्जालमासमेत राख्ने गरेका छन् ।

डेपुटी गभर्नर श्रेष्ठ असोज ५ गते सोमबार साँझ ५ बजेदेखि ६ः४५ बजेसम्म संस्थागत योजना तथा जोखिम व्यवस्थाप विभागको बैठकमा भाग लिएर करिब ७ बजेतिर घर फर्किएका थिए ।

उनलाई सोही समयबाट रुघाखोकी र ९९.५ डिग्री ज्वरो आएको थियो । स्वास्थ्यमा सामान्य गडबढकै कारण सोबार उनी रातको १२ बजेमात्र सुतेका थिए ।

असोज ६ गते मंगलबार बिहानैदेखि उनलाई हल्का घाँटी दुख्नुका साथै ज्वरो समेत ९९ डिग्री आएको थियो । बैंक सुपरीवेक्षण विभाग एक कर्मचारीसँग सम्पर्कमा आएका व्यक्तिलाई कोरोना पुष्टि भएपनि उनी सँगै सो विभागको २४ जनाको बुधबार स्वाव परिक्षण गरिएको थियो ।

स्वाव परिक्षणमा श्रेष्ठको कोरोना पोजेटिभ आएपछि बिहीबारदेखि होम आइसोलेशनमा बसेका हुन् ।

होम आइशोलेशनमा बसेपछि आफुले स्वास्थ्यको ख्याल कसरी गरिरहेको र शारिरिक अवस्था कस्तो छ भनेर यसरी डायरी बनाएर जानकारी गराइरहेका छन् ।

डेपुटी गभर्नर श्रेष्ठले प्रत्येक दिनको डायरी नै बनाएर आफ्नो फेसबुकको माइडेमा राखेका छन् । हामीले उनको माइडेबाट डाउनलोड गरेका हौं ।

 

 

 

 

 

 

 

 


पुष्प दुलाल