सुजुकीले सार्वजनिक गर्यो ब्लुटुथ जडान गरिएको स्कटुर, मूल्य कति ?



काठमाडौं । सुजुकी मोटरसाइकल र स्कुटर कम्पनीले दुई ब्लुटुथ जडान गरिएको स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतमा दुई सबैभन्दा धेरै बिक्री हुने स्कूटर एक्सेस १२५ र बर्गम्यान स्ट्रीट १२५ मा ब्लुटुथ जडान गरिएको स्कुटर सार्वजनिक गरेको हो ।

उक्त सार्वजनिक गरेको स्कुटरमा ब्लुटुथ जडानको साथ क्लस्टर उपकरण परिमार्जन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस स्कुटरमा धेरै चाखलाग्दो सुविधाहरूको रहेको जनाएको छ । जसले सवारीलाई राम्रो र सुविधाजनक बनाएको कम्पनीले दाबी गरेको छ । परिमार्जितसहित बजारमा सार्वजनिक भएको नयाँ स्कुटरहरूको मूल्य पहिलेको तुलनामा ३८ सय महंगो रहेको कम्पनीले जनाएको छ ।

नयाँ मोडलको स्कुटरको मूल्य कति ?

ब्लुटुथ इनेबल्ड एक्सेस १२५ को ड्रम ब्रेक संस्करणको मूल्य भारतीय मूल्य ७७ हजार ७ सय रुपैयाँ रहेको छ । जबकी डिस्क ब्रेक संस्करणको भारतीय मूल्य ७८ हजार ६ सय रुपैयाँ रहेको छ । यस स्कुटरको मूल्य पहिलेको तुलनामा ३ हजार ८ सय रुपैयाँ बढी रहेको छ । त्यस्तै, ब्लुटुथ इनेबल्ड सुजुकी बर्गम्यान स्ट्रीट १२५ को भारतीइ मूल्य ८४ हजार ६ सय रुपैयाँ रहेको छ । जुन पहिलेका तुलनामा ३ हजार ५ सय महंगो रहेको छ ।

यसैगरी, ब्लुटुथ-इनेबल्ड कन्सोलको साथ टीवीएस एनटाँर्क १२५ को मूल्य अलग–अलग भेरियन्टको अनुसार भारतीय ६८ हजार ८ सय ८५ रुपैयाँदेखि ७५ हजार ३ सय ६५ रुपैयाँ रहेको छ ।

यस्तो छ विशेषता

ब्लुटुथ इनेबल्ड कन्सोलको प्रयोगकर्ताले सबैभन्दा पहिले सवारी चालकको सुजुकी राइड कनेक्ट एप डाउनलोड गर्नुपर्नेछ । जुन गुगल प्लेमा उपलब्ध छन् । हाल यस एप एन्ड्रोइड डिभाइसमा मात्रै उपलब्ध रहेको छ । यसपछि ब्लुटुथको सहयोगले फोन र कन्सोलबीच कनेक्ट गर्नुपर्ने हुन्छ ।

नयाँ कन्सोल टर्न-बाइ-टर्न नेविगेशन, कल एण्ड मेसेज अलार्ट, मिस-कल अलर्ट र कलर आइडी, वाट्सअप अलर्ट, एस्टीमेटेड टाइम अफ अराइवल अलर्ट, ओभर–स्पीड वार्निङ र फोनको ब्याट्रीको लेबलको बारेमा जानकारी पाउन सकिन्छ । यस एपले लेटेस्ट पार्क लोकेशन र ट्रिप डिटेल पनि एकरुपता हेर्न सकिने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल