मार्टमा उपभोग समय सकिएका सामान, मेडलिज ट्रेडर्समा भेटियो १० लाखको म्याद सकिएका खानेकुरा



काठमाडौं । काठमाडौं कालोपुलमा सञ्चालन रहेको मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् ।

महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा उक्त रकमको सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देलले लकडाउनको कारण सामानको उपभोग मिति हेर्न नभ्याइएको बताइन ।

पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान थिए । ती सामानको उपभोग गर्ने समय भने सकिएको छ ।
अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि बिभागमा हाजिर हुन निर्देशन दिएको छ ।

मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका देखिएको छैन् । कृषि बिभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारीले भने ‘यो समस्या अधिकांश मार्टमा देखिएको छ ।’

गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार राम्रा भनिएका ठाउँमा पनि यस्ता समस्या देखिनुु बिडम्बना भएको बताए ।


क्लिकमान्डु