२ अमेरिकी डलरमा चीनले ब्राजिललाई बेच्ने भयो साढे ४ करोड डोज कोरोना भाइरसविरुद्धको खोप



काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलले चिनियाँ कम्पनीले उत्पादन गर्ने कोरोना विरुद्धको खोप खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चीनबाट ब्राजिलले कूल ४ करोड ६० लाख डोज खोप खरिद गर्ने भएको हो ।

चीनको खोप उत्पादक कम्पनी फरच्यूनर सिनोभ्याक बायोटेकले उत्पादन गर्ने उक्त खोप खरिद सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको उक्त पत्रिकाको अनलाइन संस्करणमा समाचार सार्वजनिक भएको छ ।

पश्चिमाहरुले चिनियाँ र रसियन खोप प्रभावकारी नरहेको र त्यसको चिकित्सकीय परिक्षण बाँकी रहेको बताइरहेको बेला ब्राजिलले एकै पटक ठूलो मात्रामा खोप खरिद गर्ने सम्झौता गरेको हो ।

ब्राजिलमा तत्कालीन समाजवादी सरकारलाई हटाएर सत्तामा आएको वर्तमान दक्षिणपन्थी सरकारले चीनको कम्पनीसँग कोरोनाको खोप खरिद गर्ने सम्झौता गरिएको समाचार आएपछि अमेरिकालगायतका केही देशले भने आश्चर्य प्रकट गरेका छन् ।

ब्राजिललाई झण्डै ९ करोड डोज खोप चाहिने भएपनि तत्कालका लागि भने ४ करोड ६० लाख डोज मात्रै चीनसँग खरिद गर्न लागिएको हो ।

चिनियाँ अखबारका अनुसार उक्त सम्झौता गत बुधबार भएको बताइएको छ ।

ब्राजिलले चिनियाँ कम्पनीले उत्पादन गर्ने खोप प्रति डोज २ अमेरिकी डलरमा खरिद गर्न लागेको हो ।

पछिल्लो दिनमा ब्राजिल कोरोना भाइरसको नयाँ हटस्पटको रुपमा देखिएको छ । अमेरिका पछि अमेरिकी क्षेत्रमा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या ब्राजिलमा रहेको छ ।

खोपको मूल्यमा भने समाचारमा जनाइएअनुसार २ अमेरिकी डलर मात्रै भने हुन नसक्ने बताइएको छ । त्यसमा जहाज ढुवानी खर्च तथा अन्य खर्च समेत थप हुने बताइएको छ ।

खोप आपूर्तिकर्ता भनिएको डोरियोले केही खोप चीनबाट खरिद गर्ने र आफ्नै अनुसन्धान केन्द्र चिनियाँ र ब्राजिलियन अनुसन्धानकर्ताको सहकार्यमा समेत उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

ब्राजिलियन अधिकारीका अनुसार हाल सो देशमा कूल ९७ लाख ९० हजार कारोना संक्रमति छन् भने ३५ हजार बराबरको ज्यान गइसकेको छ । चीनले सन् २०२० को डिसेम्बरमा नै उक्त खोप उपलब्ध गराउने बचन दिएको छ ।

त्यो कूल माग मध्ये ६ मिलियन डोज भने अक्टोबर र बाँम्की ४० मिलियन डोज भने क्रमशः उपलब्ध हुनेछ ।

समाचार अनुसार तेस्रो चरणको चिकित्सकीय परिक्षण समेत ब्राजिलमा नै गरिने भएको छ ।

त्यसका लागि १३ हजारमा पहिलो चरणको परिक्षण गरिनेछ ।

चिनियाँ खोप उत्पादक कम्पनीले आफूहरुले उत्पादन गरेको खोप अन्य मुलुकको तुलनामा बढी प्रभावकारी रहेको दावी गरेको छ ।

पहिलो र द्रोस्रो चरणको परिक्षण असाध्यै राम्रो तवरले सम्पन्न भएको र केही दिन भित्रै तेस्रो चरणको परिक्षणको समेत नजिता आउने चिनियाँ कम्पनीको दावी छ ।

चीन र ब्राजिलमा ६० वर्ष उमेर माथिका नागरिकमा खोपको परिक्षण गरिनेछ । सो कार्य यही अक्टोबर १५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सबै परिक्षण सम्पन्न गरेर डिसेम्बरको दोस्रो सातासम्ममा व्यवसायीक रुपमा नै साओपाओलोमा खोप उपलब्ध गराउने तयारी छ ।

सरकारी तथा निजी क्षेत्रका सबै स्वास्थ्य संस्थामा समेत खोप उपलब्ध गराउने तयारी रहेको त्यहाँको सरकारी एजेन्सीलाई उदृत गर्दै चिनियाँ अखबार ग्लोबल टाइम्सले समाचार प्रकाशित गरेको छ ।


पुष्प दुलाल