एनआईसी एशिया आक्रमक: धितो लिलामीमा परेका ४१ वटा घरजग्गा बिक्री गर्न बोलपत्र आह्वान
काठमाडौं । एनआईसी एशिया बैंक पछिल्ला दिनमा ऋण असुलीमा आक्रामक बनेको छ । बैंकले देशभर ४१ स्थानमा आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्रीका लागि ७ दिने बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
लिलामी परेको सम्पती सबै घर जग्गा रहेका छन् । जसमा इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछने बैंकले जनाएको छ ।
बैंकले आइतबार विभिन्न पत्र पत्रिकामा सुचना प्रकासित भएको ७ दिनभित्र बैंकको कर्जा असुली विभाग त्रिपुरेश्वर राधा भवनमा सम्पर्क गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ । प्राप्त गोप्य बोलपत्रलाई बैंकले कारण नखुलाई अस्विकार समेत गर्न सक्ने जनाएको छ ।