कोरोना कहरबीच प्रभुले थप्यो नयाँ हेलिकोप्टर



काठमाडौं । कोरोना कहरकैबीच प्रभु हेलिकोप्टरले नयाँ एयरक्राफ्ट थपेको छ । व्यावसायिक घराना प्रभु ग्रुपको लगानी रहेको प्रभु हेलिकप्टरले कलसाइन ‘नाइनएनएएनएल’ एयरबस एच १२५ हेलिकोप्टर थपेको हो ।

उक्त नयाँ हेलिकोप्टरको परीक्षण उडान भएको छ । यो हेलिकोप्टर छिट्टै व्यवसायिक प्रयोगमा आउने बताइएको छ। कम्पनीसँग यसअघि नै ५ वटा हेलिकोप्टर थिए । नयाँ हेलिकोप्टर थपेसँगै ६ वटा पुगेका छन् ।


पुष्प दुलाल