सुनको मूल्य प्रतितोला २ सयले घट्यो



काठमाडौं । सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार ९४ हजार ७ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्रि भएको थियो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।


पुष्प दुलाल