लालबन्दी खानेपानीको बिल आइएमई पेबाट तिर्न सकिने



काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘ आइएमई पे ’ र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ‘ आइएमई पे’ का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरे ।


क्लिकमान्डु