शहरी पूर्वाधार विकासका लागि विश्व बैंकको १८ अर्ब सहयोग



काठमाडौं । विश्व बैंकले नेपालको शहरी पूर्वाधारको विकास तथा परियोजनाको विस्तारका लागि १७ अर्ब ६३ करोड ९७ लाख बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

कोरोना कारण प्रभावित अर्थतन्त्रलाई सबल बनाउने र शहरी पूर्वाधार परियोजनाको विस्तारका लागि उक्त सहयोग परिचालन गरिने भएको छ ।

शहरोन्मुख क्षेत्रको शहरी पूर्वाधार विकास तथा कोरोनाका कारण समस्यामा परेका क्षेत्रको आर्थिक सुधारका लागि खर्च गर्ने गरी विश्व बैंकले उक्त ऋण उपलब्ध गराउन लागेको हो ।

तिव्र रुपमा शहरीकरण भइरहेका नेपालका विभिन्न शहरोन्मुख क्षेत्रमा प्रभावकारी रुपमा स्थानीय सेवा पुर्याउन र महामारीको प्रभावका कारण प्रभावित कमजोर समूहलाई सहयोग दिने लक्ष्यका साथ बैंकले उक्त ऋण सहयोग उपलब्ध गराएको मंगलबाार जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त सहयोग विशेष गरी पूर्वी तराई र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा खर्च हुनेछ ।


पुष्प दुलाल