महामारीमा पनि निर्जीवन बीमा कम्पनीले बढाए बीमा शुल्क आर्जन, २ अर्ब बढी गरे संकलन



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुलाई विश्वव्यापीरुपमा फैलिएको कोरोनाले खासै असर पारेको छैन । कोरोनाको कारण अन्य क्षेत्रमा असर पारेपनि निर्जीवन बीमा क्षेत्रमा भने सकारात्मक नै देखिएको छ ।

कोरोनाको महामारीको समयमा निर्जीवन बीमा व्यवसाय भने फैलँदो क्रममा छ ।

बीमा समितिका अनुसार एक महिनाको अवधिमा निर्जीबन बीमा गर्ने २० वटा कम्पनी भएपनि १९ वटाको बीमा शुल्क आर्जन २ अर्ब ७ करोड रुपैयाँले बढेको छ ।

साउन महिनामा २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीको भदौ महिनामा आईपुुग्दा ४ अर्ब ७७ करोड रुपैयाँ पुुगेको छ । यसमा राष्ट्रिय बीमा कम्पनीको तथ्याङक समावेश गरिएको छैन ।

यसअघि निर्जीबन बीमा कम्पनीहरुले प्रयाः सवारी साधान, अग्नी, सामुन्द्रिक, कृषि तथा बाली, हवाईलगायतका क्षेत्रको बीमा गर्दै आएका थिए । कोरोना शुरु भएपछि बीमा समितिले ल्याएको बीमालेख बिक्री गर्न शुरु गरेपछि कम्पनीहरुको बीमा शुल्क आर्जन बढेको हो ।

बीमा कम्पनीहरुले वैशाख ६ गतेबाट ५० हजार र १ लाख रुपैयाँको कोरोना बीमा लेख बिक्री गर्दै आएका छन् । भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीले ४ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा भदौमा मात्रै २ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

भदौ मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । भदौमा मात्रै २९ करोड रुपैयाँ संकलन गरेको थियो । यस्तै सगरमाथाले ४८ करोड नेकोले ३९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल इन्स्योरेन्सले १९ करोड, दि ओरियन्टल इन्स्योरेन्सले २२ करोड, नेशनल इन्स्योरेन्सले पनि भदौ मसान्तसम्ममा २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सले भदौ मसान्तसम्ममा ११ करोड, युनाइटेड इन्स्योरेन्सले १४ करोड, प्रिमियर इन्स्योरेन्सले २९ करोड , एभरेष्ट इन्स्योरेन्सले १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता प्रभु इन्स्योरेन्सले पनि यो अवधिमा २३ करोड, आईएमई जनरल इन्स्योरेन्सले १९ करोड, प्रुुडेन्सियल इन्स्योरेन्सले १९ करोड, लुम्बिनी जनरलले २२ करोड तथा एनएलजी इन्योरेन्सले ३५ करोड रुपैयाँ बीमाशुल्क अर्जन गरेका छन् ।

समितिका अनुसार भदौमसान्तसम्ममा सिद्धार्थ इन्स्योरेन्सले ४१ करोड, जनरल इन्स्योरेन्सले १२ करोड, अजोड इन्स्योरेन्सले २० करोड बीमा शुल्क आर्जन गर्दा सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले जम्मा ७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु