२ महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २१ अर्ब



काठमाडौंं । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २० अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीको ७ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिका अनुसार भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ४ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै नविकरण बीमा शुल्क १५ अर्ब ९४ करोड रुपैयाँ छ भने बैदेशिक रोजगार बीमा शुल्क आर्जन २ करोड रुपैयाँ छ । १९ वटा जीवन बीमा कम्पनीमा सन नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले मात्रै वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाको असर नेपालमा पनि निकै परेको छ । कोरोनो पनि नेपालमा ४ महिना लकडाउनपछि निषेधाज्ञा जारी गरिए पनि अहिले लकडाउन खुलेको छ ।

लकडाउनको समयमा कम्पनीहरुको बीमा शुल्क आर्जन, नविकरण बीमा शुल्क र वैदेशिक रोजगार बीमा शुल्क आर्जनमा सुधार देखिँदै आएको छ ।

बीमा समितिका अुनसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले उक्त २० अर्ब ९६ करोड रुपैयाँ संकलन गरेका हुन् ।

बीमा समितिका अनुसार भदौ मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले ६ अर्ब २८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसमा प्रथम बीमा शुल्क १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क ४ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान छ । संस्थानले भदौ महिनामा ३ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ३१ अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दा ३ अर्ब ५६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पाेरेशनले २ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ३८ करोड र नविकरण बीमा शुल्क २ अर्ब १५ करोड रुपैयाँ छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा ४४ करोड रुपैयाँ प्रथम बीम शुल्क र १ अर्ब २९ करोड रुपैयाँ नविकरण बीमाशुल्क रहेको छ ।

मेट लाइफले ७२ करोड बीमा शूल्क आर्जन गरेकामा प्रथम बीमा शुल्क १६ करोड र नविकरण बीमाशुल्क ५६ करोड रुपैयाँ रहेको बीमा समितिले जनाएको छ ।

त्यस्तै एसियन लाइफले भदौ सहिनासम्ममा ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै इन्स्योरेन्सको प्रथम बीमा शुल्क २८ करोड र नविकरण बीमा शूल्क ६२ करोड रुपैयाँ रहेको छ ।

यस्तै सुर्य लाइफले ५४ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ भने प्रथम बीमा शुल्क १३ करोड र नविकरण बीमा शूल्क ४१ करोड रुपैयाँ रहेको छ ।

गुँरास लाइफ इन्स्योरेन्सले ५१ करोड रुपैयाँ रहेको छ । जसमा प्रथम बीमा शूल्क १० करोड र नविकरण शूल्क ४१ करोड रुपैयाँ रहँदा

प्राइम लाइफले ६२ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १६ करोड र नविकरण बीमा शुल्क ४६ करोड रुपैयाँ रहेको छ ।

यस्तै आईएमई लाइफ इस्योरेन्सले भदौ महिनासम्ममा ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क बराबर अर्थात १७/१७ करोड रुपैयाँ रहेको छ ।

यता यूनियन लाइफले भदौ महिनासम्ममा ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा यूनियनको पनि प्रथम र नविकरण बीमा शुल्क ४७,४७ करोड नै रहेको छ ।
३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको ज्योति लाइफले प्रथम बीमा शुल्कबाट २० करोड रुपैयाँ र नविकरण बीमा शुल्क मार्फत १६ करोड रुपैयाँ आर्जन भएको छ ।

यस्तै सन नेपाल लाइफ २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क १० करोड र नविकरण बीमा शुल्क १२ करोड रुपैयाँ रहेको छ ।

रिलायन्स लाइफको प्रथम बीमा शुल्क भन्दा नविकरण बीमा शुल्क बढी देखिएको छ । यस्तै वैदेशिक रोजगार बीमा शुल्क अन्तर्गत १ करोड रुपैयाँ बीमा शुल्क आर्जन आर्जन गरेको छ । २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका रिलायन्सले प्रथम बीमा शुल्क ९ करोड र नविकरण बीमा शुल्क १४ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार रिलायबल नेपाल लाइफले ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा २१ करोड प्रथम बीमा शुल्क र ११ करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । यस्तै सिटिजन लाइफले भदौ महिनामा ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा १७ करोड प्रथम बीमा शुल्क २० करोड नविकरण शुल्क र १ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्कबाट ३८ करोड बीमा शुल्क आर्जन गरेको हो ।

सानिमा लाइफले १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ९ करोड र नविकरण ८ करोड रुपैयाँ छ ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्सले १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम ८ करोड र नविकरण ८ करोड मात्रै रहेको छ भने महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ७ करोड प्रथम बीमा शुल्क र ५ करोड नविकरण बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।


क्लिकमान्डु