कांग्रेस सांसद तथा शिक्षाविद् उमेश श्रेष्ठलाई कोरोना संक्रमण



काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा शिक्षाविद् उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वाव संकलन गरी परीक्षण गरिएको थियो । उनले त्यसअघि सांसद तथा अर्बपति व्यवसायी बिनोद चौधरीलाई भेटेका थिए । चौधरी कोरोना संक्रमित भएर पनि निको भइसकेका छन् ।

श्रेष्ठले गत बिहीबार सामान्य ज्वरो र रुघाखोकी देखिएपछि स्वावका लागि पठाएका थिए ।

उनी ललितपुरस्थित लिटिल एञ्जल्स कलेजका संस्थापक पनि हुन् । साथै उनको कैयन कलेज र विद्यालयमा लगानी समेत छ । उनी प्राइम बैंकका पूर्व सञ्चालक समेत हुन् ।


क्लिकमान्डु