नाष्टद्धारा युवा वैज्ञानिक फोरमको स्थापना



नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विज्ञान प्रविधिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले युवा वैज्ञानिक फोरम (वाईएसएफएन)को स्थापना गरेको छ ।

नाष्टले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वैज्ञानिक मेघनाध धिमाल संयोजकत्वमा ७ सदस्सीय तदर्थ समिति गठन गरेको छ ।

समितिको सदस्यमा त्रिवि रसायनशास्त्र विभागका सह(प्राध्यापक एवं अनुसन्धाकर्ता अच्युत अधिकारी, विश्व विद्यालय अनुदान आयोगको अनुसन्धान विभाग प्रमुख प्रमोद पौडेल, क्याटिलिस्ट टेक्नोलीजीको प्रमुख एवं जडिबटी अनुसन्धानकर्ता प्रतिभा पाण्डे, फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक रामदेवी तचामो साह, इसिमोडका जलवायु विज्ञ सन्तोष नेपाल र माइक्रोबाइलोजिस्ट एवं अनुसन्धानकर्ता योगेन्द्र साह रहेका छन् ।


क्लिकमान्डु