चीनबाट दैनिक ५ कन्टेनरमात्र नेपालमा, चीनको शर्तले २० अर्बको सामान अलपत्र



काठमाडौं । चीनको शर्तले गर्दा नेपाली आयातकर्ताले ल्याएको सामान केरुङमा नै अलपत्र अवस्थामा परेको छ ।

बुधबारदेखि केरुङ नाका खुलेपनि चिनियाँ पक्षले ५ वटा कन्टेनरमात्र पास गर्न सकिने अनुमति दिएको छ ।

अहिले चीनबाट सामान बोकेर आएको कन्टेनरबाट नेपाल र चीनको मितेरी पुलमा नेपालबाट गएको कन्टेनरबाट सामान लोड गर्ने गरिन्छ ।

यो भन्दा अगाडि चिनियाँ कन्टेनरले गोदाममा हुने कन्टेनरबाट सामान लोड हुने थियो । पुलको भार र मितेरी पुलबाट दिनमा ५ वटा भन्दा बढी कन्टेनरबाट सामान ल्याउन सकिदैन । दैनिक ५ वटा कन्टेनर आयात गर्ने हो भने दशैैं नसक्दासम्म पनि चीनमा भएको कन्टेनर आयात गर्न सकिदैन ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले ५ वटाभन्दा बढी कन्टेनर आयात गर्नको लागि पहल भइरहेको जानकारी दिए ।

‘चिनियाँ पक्षले कोभिडको कारण स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ,हामीले स्वास्थ्य मापदण्डलाई सहज बनाएर आयात खुलाउने प्रयास गरिराखेका छौ,’उनले भने ।

चीनले नेपालमा कोरोना भाइरस बढेको भन्दै आफ्नो देशबाट आउने सामानको निर्यातमा नै असजिलो स्थिती बनाइदिएको हो । चीनबाट समुन्द्रिक नाका हुँदै आएका सामान भने सहज रुपमा आएको छ ।

सडकमार्ग प्रयोग गरेर आउने सामानको आयातमा समस्या भएको हो ।


क्लिकमान्डु