उद्योग वाणिज्य महासंघलाई निर्वाचन गर्न गृहमन्त्रालयको अनुमति



काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई निर्वाचन गर्न अनुमति दिएको छ ।

मन्त्रालयले कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न अनुमति दिएको हो ।

महासंघले नयाँ नेतृत्व चयनको लागि मंसिर ११ र १२ मा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन बाहेकको साधारणसभा भने भर्चुअल माध्यमबाट हुने छ ।

गृहको अनुमतिसँगै महासंघको निर्वाचन हुने बाटो खुल्ला भएको छ । महासंघको गत चैतमा नै साधारणसभा हुनुपर्ने थियो । कोभिडको कारण यो हुन सकेन ।

महासंको साधारणसभापछि शेखर गोल्छा अध्यक्ष बन्ने छन् । यस्तै बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर उम्मेद्वारी घोषणा गरेका छन् ।


क्लिकमान्डु