सुनको मूल्यमा लगातार उतारचढावः के संसारभर नै सकिदैछ सुनको भण्डारण ?



काठमाडौं । के तपाईं पसलमा गएर सुन खरिद गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईले लखौं रकम तिरेर खरिद गर्ने सुन कहाँबाट आयो ? भन्ने बारेमा कहिल्यै जिज्ञासा राख्नु भएको छ ? वा कुनै जानकारी लिने प्रयास गर्नुभएको छ ? यदि छैन भने यो सामग्री तपाईंका लागि अझै महत्वपूर्ण हुन सक्छ ।

संसारभर नै बिक्री हुने , अत्याधिक मूल्यको सुनको बारेमा आम मानिसले चासो राख्नु, त्यसमा लगानी गर्नु पनि स्वभाविक नै हुन जान्छ ।

यस सम्बन्धमा बिबिसीले एउटा आलेख प्रकाशित गरेको छ । आलेखमा अब सुनको के कति मौज्दात रहेको छ । अब नयाँ खोजका लागि के कस्ता उपाय अपनाइएको छ भन्ने बारेमा जानकारी लिन समेत तपाईलाई थप सहज बनाइदिनेछ ।

के सुन अब धर्तीमा सकिएको हो त ? आम मानिसले यस कोणबाट पनि जिज्ञासा राख्न सक्छन् । अवश्य नै सुनको मौज्दात क्रमशः कम हुँदै गएको छ ।

कोरोना कारण अन्य क्षेत्रको लगानी क्रमशः कमजोर बन्दै गएका कारण मानिसहरुले सुनमा ठूलो मात्रामा लगानी गरेका कारण माग बढ्न जाँदा मूल्य वृद्धि भएको छ

किनकी सिमित मात्रामा रहेका खानीहरुमा सुनको भण्डारण सकिएको विषयमा अन्तर्राष्ट्रिय खोज तथा अनुसन्धानकर्ताले सार्वजनिक गर्दै आएका छन् ।

पछिल्लो समयमा कोरोना भाइरसका कारण सुनको मूल्यमा ठूलो मात्रामा मूल्य वृद्धि भएको छ ।

कोरोना कारण अन्य क्षेत्रको लगानी क्रमशः कमजोर बन्दै गएका कारण मानिसहरुले सुनमा ठूलो मात्रामा लगानी गरेका कारण माग बढ्न जाँदा मूल्य वृद्धि भएको छ ।

केही देशले कोरोना भाइसर नियन्त्रणमा सफलता हासिल गरेपनि केही देशमा पुनः दोस्रो लहर शुरु भएको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि खोपको तयारीमा केही देश जुटेका कारण पछिल्ला केही दिनमा सुनको मूल्यमा गिरावट आएको छ । तर कोरोनाको दोस्रो लहर शुरु हुने बित्तिकै पुनः सुनको मूल्यमा पुनः वृद्धि हुने देखिन्छ ।

आम मानिसलाई सुन पसलमा पुग्दा सधैभर यस्तै गरी सुन खरिद गर्न पाइएला त ? भन्ने जिज्ञासा पनि उत्पन्न हुन सक्छ । पछिल्लो महिना सुनको मूल्यमा उच्च वृद्धि भई प्रति औंश २ हजार अमेरिकी डलर बराबर पुगेको थियो ।

कोरोना भाइरसको नियन्त्रणका लागि खोपको तयारीमा केही देश जुटेका कारण पछिल्ला केही दिनमा सुनको मूल्यमा गिरावट आएको छ । तर कोरोनाको दोस्रो लहर शुरु हुने बित्तिकै पुनः सुनको मूल्यमा पुनः वृद्धि हुने देखिन्छ

सुनको मूल्यमा अत्याधिक मूल्य वृद्धि हुनुको पछाडि व्यवसायी तथा व्यापारीको हात रहेको थियो । यसको पछाडि अब सुनको आपूर्तिको विषय पनि जोडिएर आएको छ । प्रश्न यो पनि छ कि के अब सुनको आपूर्ति सकिदै गएको हो वा कम भएको हो ।

जानकारहरुले पहेलो धातुको कन्सेप्टको बारेमा समेत कुराकानी गर्छन् । पछिल्लो एक वर्ष मानिसहरुले आफ्नो पूरा तागत लगाएर खानीबाट सुन निकालिरहेका छन् ।

केही मानिसहरु भन्छन् अब सुनको भण्डारणको उच्च बिन्दु वा उत्खनन्को उच्च बिन्दुमा पुगेका छन् ।

नयाँ खानी कमै मात्रामा प्राप्त भएको छ । यसो भन्न सकिन्छ ,अब सुनको उत्पादन नै उच्च बिन्दुमा पुगेको छ । यसले थप सुन दिन सक्दैन । र, अब सकिदैछ , सुन

विश्व सुन परिषद्का अनुसार २०१९ मा सुनको कूल उत्पादन ३ हजार ५३१ टन थियो । जुन, सन् २०१८ को तुलनामा १ प्रतिशतले कमी हो । सन् २००८ पछि पहिलो पटक सुन उत्पादनमा कमी आएको हो ।

 प्रवक्ता हैना ब्रेडस्टेटरका अनुसार खानीबाट नै सुनको आपूर्तिमा कमी आएको छ । आगामी केही वर्षदेखि कम हुन सक्छ ।

किनकी अझै खानीको पूर्ण रुपमा खोजी भइरहेको छ । नयाँ खानी कमै मात्रामा प्राप्त भएको छ । यसो भन्न सकिन्छ ,अब सुनको उत्पादन नै उच्च बिन्दुमा पुगेको छ । यसले थप सुन दिन सक्दैन । र, अब सकिदैछ , सुन ।

जानकारहरुका अनुसार केही समय पछि सुनको उत्पादन नै असाध्यै कम हुनेछ । विस्तारै विस्तारै उत्पादन कम भएपछि बजारका माग भने उस्तै रहनेछ र सुन खरिद गर्नु नै आम मानिसका लागि परको कुरा हुनेछ । यो समय अब छिट्टै आउनेछ ।

माइनिङ कम्पनीले जमिन मुनी रहेको सुनको मात्राको अनुमान दुई तरिकाबाट गर्ने गरेका छन् । रिजर्भ रहेको सुन निकाल्नु आफैमा सहज हुनेछ ।

यस्तै रिसोर्समा रहेको सुन आगामी दिनमा निकाल्नु नै किफायती हुने छ । त्यसलाई निकाल्नका लागि ठूलो लगानी समेत गर्नुपर्ने हुन्छ ।

एक तथ्यांकका अनुसार अब २० प्रतिशत मात्रै सुन उत्खनन् गर्न बाँकी रहेको छ । तर तथ्यांक भने परिवर्तन भइरहेको छ

अमेरिकको जियोजोजिकल सर्वेका अनुसार सुनको कूल मौज्दात अब मात्रै ५० हजार टन रहेको छ । अहिलेसम्म कूल १ लाख ९० हजार टन सुन निकालि सकिएको छ ।

एक तथ्यांकका अनुसार अब २० प्रतिशत मात्रै सुन उत्खनन् गर्न बाँकी रहेको छ । तर तथ्यांक भने परिवर्तन भइरहेको छ ।

नयाँ प्रविधिको सहयोगले कुनै नयाँ खानी वा रिजर्भको जानकारी लिन पनि सकिन्छ । त्योसम्म पुग्नका लागि अझै सजिलो भने भइसकेको छैन ।

आर्टिफिसियल इन्टेलिजेन्ट, स्मार्ट माइनिङ तथा बिग डेटा जस्ता नयाँ प्रविधिको मद्दतले लगानी कम हुन सक्छ । कयौ स्थानमा रोबोर्टको समेत प्रयोग गर्न सकिन्छ ।

दक्षिण अफ्रिाकामा नै संसारको सबैभन्दा ठूलो सुन भण्डार हो । संसारभरको कूल सुनको ३० प्रतिशत सुनको हिस्सा सो देशमा रहेको छ ।

चीनले सबैभन्दा बडी सुनको उत्खनन् गरेको छ । क्यानडा, रुस र पेरु पनि ठूला सुन उतपादक देश हुन् । सुनको नयाँ खानीको बारेमा समेत खोजी जारी रहेको छ ।

तर असाध्यै कम मात्रामा मात्रै प्राप्त भएको छ । यसकारण भविष्यमा पनि पूराना खानीमा नै ज्यादै निर्भर रहनुपर्ने अवस्था आउनेछ ।

ठूलो खानीमा उत्खनन् गर्नु आफैमा महंगो पर्न जान्छ ।

सुन चन्द्रमामा रहेको रहेको छ । जबकी त्यहाँको सुन निकाल्नु आफैमा अर्को कठिन काम हो । किनकी त्यहाको सुन उत्पादन गर्न र यहाँ ल्याउन आफैमा असाध्यै महंगो पर्न जान्छ

ठूला मेशिन तथा कालीगडलको आवश्यकता पर्छ । सुनका एक जानकार भन्छन् उत्खनन नै मुस्किल बन्दै गएको छ ।

ठूलो खानी खन्नु केही हदसम्म सहज पनि हुन सक्छ । जस्तो दक्षिण अफ्रिाकामा अब सुनको मौजदात सकिदै गएको छ ।

चीनको सुन उत्खनन गर्ने क्षेत्र असाध्यै सानो छ । त्यसकारण पनि महंगो भइरहेको छ । अझै असाध्यै कम यस्ता क्षेत्र छन् ।

जहाँ सुन खोज्नु अनिश्चित बन्दै गएको छ । जस्तै अफ्रिकाको पश्चिमी क्षेत्रमा जे भइरहेको छ ।

अगस्ट महिनामा सुनको मूल्य उच्च स्थानमा पुगेको थियो ।

यसको मतलब त्यो होइन कि सुनको उत्खनन् बढी भइरहेको छ । सुनको उत्पादनको असर मात्रै त्यसमा पर्दैन ।

पछिल्लो पटक कोरोना भाइरसका कारण पनि त्यसमा असर परेको थियो ।

सुन सुमन्द्रको पिधमा समेत रहेको छ । तर त्यो निकाल्नु आफैमा अर्को किफायती हुन सक्दैन

मूल्य बढ्नुको पछाडि महामारी नै प्रमुख कारण थियो । संसारभर अब के कति मात्रामा सुन बाँकी रहेको छ, त्यसको अन्दाज गर्न नै मुस्किल भइरहेको छ ।

सुन चन्द्रमामा रहेको रहेको छ । जबकी त्यहाँको सुन निकाल्नु आफैमा अर्को कठिन काम हो । किनकी त्यहाको सुन उत्पादन गर्न र यहाँ ल्याउन आफैमा असाध्यै महंगो पर्न जान्छ ।

अन्तरिक्षका जानकार सिनेड ओ सुलीवन भन्छन् ‘ चन्द्रमामा सुन रहेको छ । तर, त्यहाँको सुन ल्याउनु आफैमा किफायती हुन सक्दैन ।’

त्यसका अलावा अन्टार्टिकामा समेत सुन रहेको जानकारी प्राप्त भएको छ ।

सुन सुमन्द्रको पिधमा समेत रहेको छ । तर त्यो निकाल्नु आफैमा अर्को किफायती हुन सक्दैन । यसको अर्को फाइदा भने रहेको छ । यसको पुनः प्रयोग गर्न सकिन्छ ।

बिजुलीबाट चल्ने केही सामग्रीमा सुनको प्रयोग गरिएको छ । एउटा फोनमा प्रयोग हुने सुनको मूल्य समेत केही पाउण्ड हुन सक्छ ।

तर सुन पूरै सकिन लाग्यो भनेर चिन्ता लिनु भने आवश्यक छैन ।

किनकी सुनको उत्खनन् अझै सकिइसकेको भने छैन । तर नयाँ नयाँ खोज र अनुसनधान भने जरुरी पर्छ नै । बिबिसीबाट


पुष्प दुलाल