भक्तपुरमा ४ घण्टा विजुली काटिदै



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले बिनाकारण बिजुली नकाट्न र उपभोक्तालाई समस्यामा नपार्न निर्देशन दिएको २४ घण्टा नपुग्दै भक्तपुरमा शुक्रबार दिउचँसो ४ घण्टा विद्युत् काटिने भएको छ ।

मर्मत सम्भार गर्न भन्दै भक्तपुरमा विद्युत् काटिन लागेको हो ।

प्राधिकरणको भक्तपुर वितरण केन्द्रका अनुसार शुक्रबार मध्यान्न १२ बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत् काटिन लागेको हो ।

ठिमी वितरण केन्द्र अन्तर्गत पर्ने बालकुमारी फिडर मर्मत गर्नुपर्ने भएकाले विद्युत् काटिने प्राधिकरणले जनाएको छ ।

सो फिडर अन्तर्गतका पाटीबिहार वप्पा महादेव, मध्यपुर अस्पताल, नयाँबस्ती, राम मन्दिर, दधिकोट, गाम्चा, सिरुटार, चित्रपुर, बिरुवा, गुन्डु, घयाम्पे डाँडा, बालकोटलगायतका स्थानमा विद्युत् उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले समयमै मर्मत गरेर लाइन सञ्चालनमा ल्याउने जनाएको छ ।


पुष्प दुलाल