सामसुङले आगामी महिना मिडरेन्जको स्मार्टफोन ल्याउँदै, यस्ता छन् फिचर




काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी सामसुङले अक्टोबर महिनामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । उसले नयाँ फोनको टिजर समेत सार्वजनिक गरेको छ । उसले भनेको छ, उक्त फोन हालसम्मकै नयाँ र प्रविधियुक्त हुनेछ ।

सामसुङले उक्त फोनको नाम ग्यालेक्सी एप सिरिज नाम दिएको छ । नेपालमा समेत लामो समयदेखि सामसुङका स्मार्टफोन लोकप्रिय रहेको छ ।

उसले फोनमा उपभोक्ताले खोजे अनुसारको सुविधा उपलब्ध हुने दावी गरेपनि के कस्ता नयाँ फिचर राखिएका छन् भन्ने बारेमा केही बताएको छैन ।

दक्षिण कोरियाको स्मार्टफोन कम्पनी सामसुङले उपभोक्तालाई अब कुनै पनि कुरा लुकाउन बाँकी नरहेको जनाएको छ ।

विभिन्न सिरिजका फोन सार्वजनिक गर्दै आएको सो कम्पनीले पछिल्लो पटक एफ सिररिजका नयाँ फोन ल्याएको हो ।

उसले सोही सिररिजको एफ ४१ नाम दिएको स्मार्टफोन भारतमा ८ अक्टोबरमा सार्वजनिक गर्ने जनाएको छ ।

कम्पनीले स्मार्टफोनको नयाँ टिजर फ्लिपकार्टमा सार्वजनिक गरेको छ । उसले बताएको छ कि फोनको बिक्री समेत फ्लिपकार्ट मार्फत नै हुनेछ ।

कम्पनीका अनुसार टिजर।मा दिइएको जानकारी अनुसार उक्त फोन अक्टोबर ८ तारिखका दिन साँझ ५.३० बजे हुनेछ ।

फोनमा ट्रिपल रियर क्यामेरा, वाटरड्रप डिस्प्ले रहनेछ । यस्तै सधै ब्याट्रीको समस्या आउने गरेका फोनलाई ध्यान दिँदै ६ हजार एमएएच ब्याट्री समेत रहने भएको छ ।

यस्तै फोनको सुरक्षाका लागि उसले रियल फेस रिडर तथा फिंगर प्रिन्ट राखेको छ ।

उक्त फोनमा ओक्टाकोर एस्क्सोनोस ९६११ प्रोसेसर, ६ जिबी र्याम रहनेछ । फोनमा ६४ मेगाफिक्सल क्यामेरा तथा साधारण क्यामेरा समेत रहेन छ । यस्तै यूएसबी टाइप सी पोर्ट समेत रहेको छ ।

मिडरेन्ज स्मार्टफोन भएकाले यसको मूल्य १५ देखि २० हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । नेपालमा भने उक्त फोन बढीमा ३४ हजार रुपैयाँमा आउनेछ । फोन कालो, निलो तथा खैरो रंगमा उपलब्ध हुनेछ ।

यस्तै फोनमा ६.५ इन्चको एमालोलेड इनफिनिटी डिस्प्ले रहनेछ । यस्तै ६४ जिबीसम्मको आन्तरिक स्टोरेज समेत उपलब्ध हुनेछ ।


पुष्प दुलाल