सनराइज बैंकको डिजिटल टेलर सेवा

175
Shares

काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत् नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा शुरु गरेको छ । चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।

यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रतिमहिनामा १० लाख रुपंैया सम्म नगद निकाल्न सक्नेछन् ।

पेपरलेस बैंकिङतर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।

Skip This