दशैंमा घरमै बसेर गरौं सपिङ, अनलाइनले ल्याए छुटैछुट



काठमाडौं । लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै राजधानीमा चहलपहल शुरु हुन थालेको छ । जोरबिजोर प्रणालीमा सवारी साधन चलाउने भनिए पनि अहिले राजधानीका सडकमा सवारी साधनको उपस्थिती बाक्लो देखिन थालेको छ ।

साथै महान चाड दशैं पनि नजिकिँदै गर्दा बजारमा चाप बढ्नु स्वभाविक देखिएको छ । एकातिर भिडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम उत्तिकै छ । सरकारले पनि सकेसम्म घरभित्रै बस्न र धेरै मानिसहरु जम्मा हुने ठाउँमा नजान भनिसकेको अवस्था छ ।

एकातिर दशैं नजिकिँदै गरेको र कोरोना भाइरसको जोखिम पनि उत्तिकै हुँदा दशैंका लागि सपिङ कसरी गर्ने त ?

यसको सजिलो माध्यम बनिदिएका छन्, ई–कमर्श कम्पनीहरु । जसले अनलाइनबाट प्राप्त अर्डरलाई घरैसम्म डेलिभरी गर्दै आएका छन् । त्यसैले बजार नगइ सपिङ गर्न पाइँदैन कि भन्ने चिन्ता हटेको छ । यसको जिम्मेवारी अनलाइन सपिङ साइटहरुले लिएका छन् ।

त्यति मात्रै होइन, बजारमा जस्तै अनलाइन सपिङ साइटहरुले ग्राहकलाई आकर्षित अफरहरु पनि ल्याएका छन् । एकातिर मूल्यमा मोलमोलाइ गर्न नपर्ने र भने जस्तो सामान पाइने भएपछि पछिल्ला केही समययता मानिसहरु त्यसतर्फ आकर्षित हुन थालेका छन् ।

सञ्चालनमा रहेको अनलाइन सपिङ साइटहरु दराज, सस्तोडिल, नेप्बे, ग्यापु, सोचेको डटकम, गजबको डटकमलगायत विभिन्न अनलाइन साइटले ग्राहकको सहजताका लागि सेवाहरू दिँदै आएका छन् । यसका साथै दशैं मेलामा विगतको तुलनामा विशेष छुटसहित सुविधा प्रदान गरिरहेका छन् ।

दशैंलाई लक्षित गरी दराज अनलाइनले दशैंको लक्षित विशेष योजना सार्वजनिक गरेको छ । दराजले ‘द सिजन अफ सपिङ फेस्टिबल’ सहित दराज सप उत्साह दशैं धमाका ११।११ योजना ल्याएको छ । कम्पनीले हरेक वर्ष ११।११ मनाउँदै आएको छ । यो वर्ष पनि दशैंलाई लक्षित गरी विभिन्न सामग्रीमा विशेष छुट दिने भएका छन् ।

यसका साथै कम्पनीले मेगा डिल, मेगा गीभ अवे, एक रुपैयाँ गेम, अर्लि बर्ड, दराज फस्र्ट गेम, सेक सेक, हट पिक, बन्डल अफर, डीएम ९दराज मल० र फ्रि डेलिभरीको सुविधा ल्याएको छ ।

कोरोना महामारीले गर्दा तपाई बाहिर निस्कन सक्ने अवस्थामा छैन भने तपाईले विभिन्न प्रकारका घरायसी सामग्री, इलेक्ट्रिक सामग्री, लुगा, जुत्ता, मोबाइल, टिभी, घडी, बच्चाका सामग्री, मोटरबाइक लगायत आवश्यक सामग्री सजिलोसँग प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले फेस्टिभर फिस्टाको सपिङ ८ सयको भौचरदेखि शुरू गरेको छ । वेकअफ विथ स्टाइल बेडसिट अर्थात बेडका लागि चाहिने तकिया, तन्नालगायतका सामानमा २५ प्रतिशत छुट दिएको छ । यसका साथै, विभिन्न नयाँ सामग्रीमा करिब १० देखि २५ प्रतिशतसम्म छुट दिएका छन् ।

चिनियाँ कम्पनी अलिबाबाले दक्षिण एसियाका नेपालसहित पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेशमा दराज डट कममार्फत अनलाइन सेवा दिँदै आएको छ ।

यस्तै, पछिल्लो समय ग्राहकहरूको मन जित्न सफल भएको ग्यापुले दशैंलक्षित ‘यसपालीको दशैं ग्यापुसँगै’ का साथ योजना सार्वजनिक गरेको छ । कम्पनीले यसपालीको दशैंमा विशेष लोकल कुखुराको प्रतिकिलो ७८०, जिउँदो खसीको प्रतिकिलो ७५० र लोकल हाँसको प्रतिकिलो ८०० प्रतिकिलो तोकेको छ ।

त्यस्तै, ग्यापु डट कमले ‘दशैँतिहार धमाका २०७७’ भनेर ५० लाख रुपैयाँ बराबरको उपहार योजना घोषणा गर्न लागेका छन् । यो योजना असोज ९ गतेदेखि मंसिर ४ गतेसम्म ९सेप्टेम्बर २५ देखि नोभेम्बर १९ सम्म० लागू हुने कम्पनीले जनाएको छ ।

यस उपहार योजनामा हरेक दिन गिफ्ट ह्याम्पर र प्रत्येक हप्ता बम्बर उपहार योजना घोषणा हुनेछ । यसमा ३० वटा भेन्डरबाट गिफ्ट ह्याम्पर र १५ देखि २० अन्य मोबाइल वालेट, बाइक कम्पनी, मोटर कम्पनी रहनेछन् ।

कम्पनीले विभिन्न बैंक, पेमेन्ट पार्टनर, भेन्डर तथा सपिङ मलसँग सम्झौता गरेका छन् । यसका साथै दशैंको लागि विशेष योजना सार्वजनिक गर्दै ग्राहकलाई सहज वातावरण मिलाइ निशुल्क डेलिभरी दिने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले विभिन्न खानाको परिकारदेखि घरसायी सम्पूर्ण सामान अनलाइनमार्फत सेवा प्रदान गर्दै आएका छन् ।

त्यसैगरी, सस्तोडिलमार्फत् पनि ग्राहकहरूको परिस्थितिलाई मध्यनजर गर्दै हाल देशका सबै क्षेत्रमा फ्रि डेलिभरी गर्न शुरु गरेको जनाएको छ । कम्पनीले दशैं लक्षित मेलाका साथ विभिन्न सामग्रीमा १० प्रतिशतदेखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।

सस्तोडिलले दशैंका लागि विभिन्न घरायसी सामग्री, ल्यापटप, मोबाइल, कम्प्युटर, घरायसी सामग्री, लुगा, जुत्तालगायत सम्पूर्ण इलेक्ट्रिक सामान सस्तो मूल्यमा ग्राहकले लाभ लिन सक्ने कम्पनीका कर्मचारी चाँदनी तन्डुकारले जानकारी दिइन् ।

उनका अनुसार कोरोनाका कारण कतिपय मानिस गृहजिल्ला फर्केका छन् । जसले गर्दा काठमाडौं बाहिर भएका मानिसले पनि नजिकमा कुरियरको व्यवस्था भएको स्थानमा सामान डेलिभरी गरिदिने बताए ।

कम्पनीले उपत्यकामा मात्रै नभई बुटवल र पोखराबाट पनि सेवा दिँदै आएको उनले जानकारी दिइन् । कम्पनीले दशैंलक्षित मिन्त्रको फेसन स्टोरबाट २ हजारको सामान किन्दा ५ सय छुट पाउनेछन् ।

सोचेको डटकम अनलाइनले आफ्नो ग्राहकलाई आकर्षण गर्नका लागि दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले १५ प्रतिशतदेखि ४० प्रतिशतसम्म दशैंलक्षित छुट दिन थालेको छ । साथै, दशैंतिहार लक्षित सोनी ३२ इञ्च एलइडी टिभीमा २० प्रतिशत छुट दिन थालेका छन् । साथै, दुई वर्ष अवधिमा विग्रेमा कम्पनीले बनाउने ग्यारेन्टी लिनेछ ।

साथै, विभिन्न घरायसी सामग्री, लत्ताकपडा, जुत्ताचप्पललगायत सम्पूर्ण सामग्रीमा विशेष छुटसहित सेवा दिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले उपत्यका बाहिर पनि डेलिभरी गर्ने र यसबाट लाभ लिन सक्ने जनाएको छ ।

गज्जबको डिल अनलाइनले पनि उपत्यकामा विभिन्न अफरका साथ महिलालाई आश्यक पर्ने कुर्था सुरुवाल, सारी जस्तामा सामान सस्तो मूल्यका प्रदान गरिरहेका छन् । साथै, कम्पनीले ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । साथै, अर्डर गरे अनुसार उपत्यकाका सबै ठाउँमा सहज तरिकारले सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

दशैंका लागि विशेष केही पनि अफर सार्वजनिक नभए पनि सामान्य अवस्थाको विभिन्न सामानको मूल्य कम भएको मुन्चाका एक कर्मचारीले बताइन् । उनका अनुसार उपत्यका बसोबास गर्ने ग्राहकहरूले सुपथ मूल्यमा पाउने दाबी गरिन् ।

मुञ्चा डटकमले विशेषगरी कोभिड १९ मा अतिआवश्यक सामग्री, लुगा, जुत्ता, घरायासी सामग्री ९खाना, तरल पदार्थ जुस०, गार्डेनको सामान, इलेक्ट्रोनिक्स सामान, गरगहना, घडी, स्कीन कियर सामग्रीलगायत विभिन्न सामग्रीका साथ ग्राहकले आफूले चाहेअनुसार सामान खरिद गर्न सकिन्छ ।

यसैगरी अर्को अनलाइन सपिङ ठूलो मार्केट भनेर चिनिने नेप्बेका ठूलो डटकम ले ‘सबै पाउँछ घरमै आउँछ’ का साथ विभिन्न सामग्रीको डेलिभरी गर्दै आएको छ ।

ठूलो डटकमले विभिन्न सामग्री जस्तै अटोमोबाइल, भेकल, बेबी केयर, किताब, क्यामरा, फोटो, कम्प्यूटर, फर्निचरको सामान, गिफ्ट कार्डलगायत खानेको प्रकार ग्रोसरी र जुसहरूको अनलाइन मार्फत विशेष छुटका साथ सेवा दिँदै आएको छ ।

यसका साथै ठूलो डटकमले नेपाली महिला उद्यमीले उत्पादन गरेका अचार, चिप्सलगायत अन्य कम्बो अफरका साथ सेवा सुविधा दिँदै आएको छ । कम्पनीको अनलाइनबाट ग्राहकहरूले घरमा नै बसीबसी सपिङ गर्ने व्यवस्था मिलाएको छ ।

त्यसैगरी नेपालमा रहेका मेरो सपिङ डटकम, रोजेको डटकम, स्टायल ९७ डटकम, जोजोमार्केट डटकमलगायत विभिन्न अनलाइनबाट दशैंको सपिङ गर्न सक्नेछन् ।


क्लिकमान्डु