चीनले नेपाली भूमि नमिचेको सरकारको स्पष्टिकरण



काठमाडौं सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको

हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्टपारेको हो

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएकोबताए

लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगतअध्ययनका लागि टोली त्यसतर्फ गएको उहनले बताए

अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या नभएको उल्लेख गर्दै उनले स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्यहरुल्याउने बताए

२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको भएको रहेछ त्यति बेला अन्तरमन्त्रालय छानबनि समिति (गृह। परराष्ट नापीहहित)को टिमले स्थलगत अध्ययन गरेर किलोमिटर चिनियाँ भूमि भित्र बनेको प्रतिवेदन तयार भएको थियो,’ उनले भने

अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको सीमा समस्या नभएको उनको भनाइ उनले केही समस्या भए  सौहार्दपूर्णतरिकाले वार्ता गर्ने बताए।

स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्याहरु सार्वजनकि हुने इनको भनाइ

उनले केरुङ रसुवागडीमा नाकामा केही श्रमिकहरुलाई कोरोना पोजेटिभ देखिएकाले सामान रोकिएको बताए 

समस्या समाधान भएपछि आज बीसीजी लगायत अत्यावश्यकीय खोप औषधि नेपाली भूमिमा आएको पनि जानकारी दिए चीनतर्फरोकिएका सामानहरु एक हप्ताभित्र नेपाल ल्याउने कुरामा सहमति भएको पनि उनले बताए

साथै सरकारले सिन्धुपाल्चोक बागलुङलाई विपद संकटग्रस्ता क्षेत्र घोषणा गरेको

ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब अर्ब रुपैयाँमा पूर्ननिर्माणका काम अगाडी बढाइनेउनले  बताए विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा हुने पूर्ननिर्माणको काम सूरु हुने जानकारी समैत दिए

सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची टोली स्वीकृत गरेको नेपाल चीनको व्यापारप्रवद्र्धनका लागि बैठक फलदायी हुने उनको भनाइ

यस्तै हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा हजार डलर सहयोग गर्नेनिर्णय पनि गरेको

नेपाल सरकार इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय पनिसरकारले गरेको

सम्झौतापछि सरकारी तवरबाट जाने नेपाली कामदारहरुले त्यहाँका नागरिक सरह सुविधा संरक्षण प्राप्त गर्नेछन

यस्तै सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागितोक्ने निर्णय पनि गरेको

सरकारले नेपाल चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनिगरेको

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने निर्णय पनि गरेको

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शवव्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णयगरेको


क्लिकमान्डु