यूनियन लाइफ चौथो बर्षमा प्रवेश



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ ।

कम्पनीले कारोवार संचालन गरेको तेस्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए ।

‘कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं’ उनले भने । कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो ।

कम्पनीको २ अर्ब १५ करोड जारी पुँजी रहेको छ । जारी पुँजीको ३० प्रतिशतले हुने साधारण सेयर चाडै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

आव २०७४/७५ मा कम्पनीले ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो । आव २०७५/७६ को साउन र भदौ महिनामा करिब २२ करोड प्रथम बीमाशुल्क संकलन गरेको थियो । हालसम्म कम्पनीले जारी गरेको बीमालेख संख्या करिब ८२ हजार भन्दा बढि रहेको छ । कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख मुनाफा आर्जन गरेको छ । आव २०७४/७५ मा कम्पनीको जीवन बीमा कोष ३७ अर्ब ३० करोड ?पैयाँ रहेको छ । २ अर्ब १५ करोड जारी पूँजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाह रहेका छन् ।

जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाह? रहेका छन् ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकह?मा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । कम्पनीको मुख्य लगानीकर्ताह?मा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।


क्लिकमान्डु