सुनको मूल्य प्रतितोला १७ सयले घट्यो, व्यवसायी भन्छन्- अझै घट्छ



काठमाडौं । लकडाउनकै समयमा मूल्यमा ऐतिहासिक  रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि भने बिस्तारै घट्दै गएको छ ।

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार २ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य मंगलबार भने प्रतितोला ९५ हजार ५५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको भ्याक्सिन उपलब्धता भएका समाचार आएसँगै सुनको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

उनका अनुसार कोरोना भाइरसका कारण सुनमा लगानी केन्द्रित हुँदा बढेको सुनको भाउ पछिल्लो समय लगानी अन्यत्र जाँदा सुनको भाउ घटेको हुन सक्ने उनको भनाइ छ । उनका अनुसार सुनको मूल्य एक साता अझै घट्ने देखिएका ८५ हजार रुपैयाँसम्म आउन सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु