हुण्डाईको ‘क्रेटा-दि अल्टिमेट एसयूभि’ सार्वजनिक, यस्तो छ गाडीको विशेषता र मुल्य



काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको ‘नयाँ क्रेटा (दि अल्टिमेट एसयूभि’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, यूट्यूब पेजबाट भर्चुअल वेभकास्टमार्फत नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीका महा–प्रबन्धक रूपेश शर्मा भट्टले वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायमगर्दै नेपालमा पाँच हजार भन्दाअधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको बताएका छन् ।

‘अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ’ उनले भने, ‘नयाँ क्रेटा-दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरूको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।’

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनले गर्दा सबैको रोजाईको एसयूभि भई ‘दि अल्टिमेट एसयूभि बन्न सफल भएको कम्पनीले जनाएको छ ।

साथै, आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एसयूभि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको कम्पनीले जनाएको छ ।

यस्तो छ विशेषता ?
हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा सेन्सर स्पोटीनेस सँगै एसयूभिको अगाडीको भागमा तीन डाइमेन्सनल कासकाडिङ ग्रीलमा ठाडो र तेर्सो आकार रहेको छ ।

त्यसैगरी स्कल्पटेड बम्परको साथमा स्कीड प्लेट लगाइएको छ । फ्लारेड ह्विल आर्चेस कपल्डसहितको उत्कृष्ट डिजाइन गरिएको क्राफ्टेड क्रिज लाइन्स र बोनेट न्यू क्रेटाको नयाँ पहिचान बनेको छ ।
साथै, विशिष्ट रुपमा छुट्टिएको बुमेर्याङ अकारको एलइडी डीआरएलएसहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा

जोडिएको फगल्याम्पका साथै वेलकम फङसन रहेको छ । यस्तै, अटो अनफोल्ड ओआरभीएम र पडल ल्याम्प्सले एसयूभिलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ ।

नयाँ क्रेटामा अल.न्यू.टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ । जसमा २६.३ सेमिको एचडी इन्फोटैन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्तेरिङ्ग रहेको छ । साथै माउन्टेड कन्ट्रोल, १७.७८ सेमी डिजिटर इन्स्ट्रुमेन्ट क्लस्टर, स्वतः स्वथ हावा प्यूरीफायर र स्मोथिङ ब्लु एम र स्मुथिङ ब्लू लाइटिङ रहेको छ ।

नयाँ क्रेटामा स्ट्रङ बडी स्ट्रक्चरसँगै एएचएसएसका साथै अन्य विभिन्न सुरक्षात्मक विशेषताहरू जस्तै फ्रन्ट ड्युल एयरब्याग, ड्राइभर रियर भिउ मोनिटर, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेकल स्टाविलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल र रियर पार्किङ सेन्सरसँग क्यामेरा पनि रहेको छ ।

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ । त्यस्तै, १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिन ट्रान्समिसनको अप्सनमा ६–स्पिड रहेको छ । जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ । साथै  अप्स्नल १.५ लिटर डिजेल इन्जिनकालागि टरक्यू कन्भटर र १.५ पेट्रोल मोटरको लागि आइभिटी अटोमेटिक रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ ।

यस्तो छ गाडीको मूल्य ?

S.N Variant Price (NRS)
1 Creta 1.5 EX Petrol 48,96,000/-
2 Creta 1.5 S Petrol 52,96,000/-
3 Creta 1.5 SX Petrol 59,96,000/-
4 Creta 1.5 SX CVT Petrol 65,96,000/-
5 Creta 1.5 E Diesel 43,96,000/-
6 Creta 1.5 S Diesel 54,96,000/-

 


क्लिकमान्डु