बीमा सम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक



काठमाडौं । बीमा सम्बन्धी जनचेतनामुलक भिडियो आज औपचारिक रुपमा सार्वजनिक भएको छ । ‘जीवन बीमा गरौं सुरक्षित रहौं’ भन्ने नारासहितको जनचेतनामूलक भिडिया युट्युबमा क्यापिटल न्यूज नेटवर्कले निर्माण गरी सार्वजनिक गरेको हो ।

जीवन बीमाबारे सचेतना जगाउने उद्देश्यले तयार पारिएको सो भिडियोले जनताका बीचमा जीवन बीमा बारे प्रचार प्रसारमा योगदान पुग्ने क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले बताए ।

भिडियोमा कलाकारहरु रामचन्द अधिकारी गोप्ते काजी , शारदा गिरी काली बुढी, सिपी पुडासैनी धतुरे, मुना नेपाल, सन्देश लामिछाने बटारे , केशव प्रसाद भण्डारी तथा बाल कलाकार शुभम पुडासैनीको अभिनय रहेको छ ।


क्लिकमान्डु