नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा हुने भएको छ । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले मंसिर ११ र १२ मा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको छ ।

महासंघले कोभिड १९ बाट बच्ने सुरक्षा उपाय अपनाएर काठमाडौंमा निर्वाचन गर्ने निर्णय गरेको छ । काठमाडौंमा निर्वाचन सम्भव नभएमा प्रदेश अनुसार महासंघको निर्वाचन हुने छ ।

जसमा जिल्ला नगर तर्फका भोट प्रदेशको राजधानीमा दिने व्यवस्था मिलाइने छ । एशोसियट र वस्तुगत तर्फ काठमाडौंमा भोट दिने व्यवस्था मिलाइने छ ।

महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । सरकारले गरेको लकडाउनको कारण निर्वाचन सरेको थियो । महासंघले साउनमा निर्वाचनको मिति तोकेपनि सरकारले अनुमति नदिएपछि निर्वाचन हुन सकेन ।

महासंघको साधारणसभाबाट विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने छन् । यस्तै बरिष्ठ उपाध्यक्षको लागि अहिले उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर उम्मेद्वारी दिएका छन् ।


क्लिकमान्डु