यी हुन् सबैभन्दा बढी बजार पूँजीकरण भएका १० कम्पनी



काठमाडौं । यो साताको सेयर कारोबारमा बजार पुँजीकरण तर्फ शीर्ष १० कम्पनी मध्ये पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पुँजीकरणमा ६ वटा बैंक रहेका छन् । त्यसमा नबिल, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, एनआईसी एसिया र हिमालयन बैंक रहेको छ ।

बजार पुँजीकरणको दोस्रो स्थानमा केही समय अघिमात्रै सूचिकृत भएको पुनर्बीमा कम्पनी छ ।

बढी बजार पुँजीकरण हुने १० वटा कम्पनीको १० औं नम्बरमा हिमालयन बैंक रहेको छ ।

नेपाल दूरसञ्चार कम्पनीको बजार पुँजीकरण १ खर्ब ६ अर्ब ८० करोड रुपैयाँ रहेको छ । साताको अन्तिम कारोबार दिनमा दूरसञ्चार कम्पनीको सेयर मूल्य प्रति कित्ता ७१२ रुपैयाँ छ ।

यस्तै दोस्रो स्थानमा रहेको पुनर्बीमा कम्पनीको बजार पुँजीकरण ८७ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो कम्पनीको अन्तिम सेयर मूल्य ८७६ रुपैयाँ प्रतिकित्ता रहेको छ । कम्पनीको सेयर मूल्य ९ सय रुपैयाँ भन्दा माथी पुगेर पुन केही घटेको छ ।

यस्तै तेस्रो स्थानमा नबिल बैंक रहेको छ । बिहीबारसम्म नबिल बैंकको बजार पुँजीकरण ८६ अर्ब ६३ करोड ३३ लाख ७९ हजार ८४० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ छ ।

नबिल बैंकपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको बजार पुँजीकरण यो साताको अन्तिमसम्ममा ७७ अर्ब २७ करोड ६० लाख २० हजार ८४८ रुपैयाँ रहेको छ । नेपाल लाइफको अन्तिम सेयर मूल्य १४०६ रुपैयाँे छ ।

नेपाल लाइफपछि एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकको बजार पुँजीकरण ६२ अर्ब ७६ करोड ४२ लाख ३० हजार १६५ रुपैयाँ रहेको छ ।

यसको सेयर मूल्य प्रतिकित्ता ७४१ रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकपछि नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । इन्भेष्टमेन्ट बैंकको बजार पुँजीकरण ६१ अर्ब १२ करोड ८० लाख १४ हजार ८०५ रुपैयाँ रहेको छ भने सेयर मूल्य प्रतिकित्ता ४२९ रुपैयाँ रहेको छ ।

सातौ नम्बरमा एनएमबी बैंक रहेको छ । बैंकको बजार पुँजीकरण ६९ अर्ब २९ करोड १६ लाख ९५ हजार ६ सय रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ रहेको छ ।

आठौ नम्बरमा रहेको एनआईसी एसिया बैंकको बजार पुँजीकरण ५७ अर्ब ३३ करोड ४१ लाख ४२ हजार ८० रुपैयाँ रहेको छ । एनआईसी एसियाको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको छ ।

यो साता बजार पुँजीकरणमा नवौं र दशौं स्थानमा नागरिक लगानी कोष र हिमालयन बैंक रहेको छ ।

नागरिक लगानीकोषको ५६ अर्ब ४२ करोड ५० लाख ८२ हजार ९९० रुपैयाँ रहेको छ । कोषको बजारमूल्य भने तीन हजार ४३९ रुपैयाँ रहेको छ ।

यता बजार पुँजीकरणमा दशौं नम्बरमा रहेको हिमालयन बैैंकको ५३ अर्ब ७९ करोड ६८ लाख ९६ हजार ३८४ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ ।

यो साता नेप्से इन्डेक्स ३४.९३ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार १५३७.२५ अंकमा रहेको इन्डेक्स बिहीबारसम्म आईपुग्दा ३४.९३ अंकले बढेर १५७२.१८ बिन्दुमा रहेको छ ।

आइतबारबाट बढेर सोमबार १५४०.५१ बिन्दुमा रहेको इन्डेक्स मंगलबार केही घटेर १५३६.०३ बिन्दुमा बिन्दुमा रहेकोमा बुधबार पनु बढेर १५४१.४० बिन्दुमा रहेकोमा पुनः बढेर कारोबारको अन्तिम दिन बिहीबार १५७२.१८ बिन्दुमा रोकिएको छ ।


पुष्प दुलाल