भारतीय रेलमन्त्रीले भने- छिट्टै रक्सोल-काठमाडौँ रेलमार्ग निर्माण शुरु हुन्छ



काठमाडौं । जनकपुर जयनगर रेलमार्ग सञ्चालनमा आउने तयारी रहेको बेला भारतका रेलमन्त्री पियूस गोयलले निकट भविस्यमा नै रक्सोल– काठमाडौं रेलमार्ग निर्माणको काम छिट्टै शुरु हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पहिले भारत भ्रमणको क्रममा रक्सोल– काठमाडौं रेलमार्ग निर्माणको विषयमा सहमति गरेका थिए ।

भारतीय रेल्वेका तर्फबाट सो रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम शुरु गर्न नेपाल सरकारसँग सहमति मागेका छन् ।

कोरोना कारण डिपिआर निर्माणको काम शुरु हुन सकेको छैन । रेल विभागले आवश्यक प्रक्रियाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै आवश्यक प्रस्ताव तयार पारी सिसिएमसीमा पेश गरिसकेको छ ।

भारतीय रेलमन्त्री गोयलले शुक्रबार आफ्नो ट्वीटर मार्फत रक्सोल– काठमाडौं रेलमार्गको काम छिट्टै शुरु हुने बताएका छन् ।

पछिल्लो दिनमा भारत सरकारले विहारलाई केन्द्रित गरेर नयाँ रेलमार्ग निर्माण तथा विस्तार गरिरहेको छ । सोही क्रममा आज गोयलले जनकपुर जयनगर रेलमार्ग मात्रै नभई काठमाडौंसम्म रेलमार्ग जोडिन लागेको जनाएका हुन् ।

उनले भारतीय रेल्वे अन्तर्राष्ट्रियकरण हुन लागेको र त्यसले आपसी समन्ध विस्तारमा समेत सहयोग पुग्ने बताएका छन् ।

भारतले १२ हजर हर्स पावरको इलेक्ट्रिक इन्जिन समेत बनाएको छ । त्यसका लागि २४ हजार करोड बराबरको लगानी समेत भएको छ ।

भारत सरकाारले ३ हजार ३१८ किलोमिटर रेलमार्ग निर्माण गरिरहेको छ । सो रेलमार्गको काम झण्डै ९० प्रतिशत पूरा भएको छ ।  भारत सरकारले पछिल्लो ६ वर्षमा मात्रै ९ हजार करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

यस्तै रेलमा नेपालको कला संस्कृतिसँग जोडिएको मिथिला पेन्टिङ समेत गरिएको रेलमन्त्री गोयलको ट्वीटमा उल्लेख छ ।


पुष्प दुलाल