सञ्चालक समितिको संरचना परिवर्तन गर्न नेपाल बैंकले बोलायो विशेष साधारण सभा



काठमाडौं । नेपाल बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले सञ्चालक समितिको संरचना परिपर्तन गर्न असोज १९ गते विशेष साधारणसभा बोलाएको हो ।

बैंकले सो साधारण सभा भिडियो कन्फ्रेन्समार्फत गर्ने र उपस्थित हुन चाहने सेयरधनीलाई जुम आइडी र पासवर्ड उपलब्ध गराइने बताएको छ ।

बैंकले शुक्रबार सूचना सार्वजनिक गरी विशेष साधारण सभामार्फत् सरकारबाट मनोनीत हुने ४ जना सञ्चालक मध्ये एक घटाएर ३ जना कायम गर्ने प्रस्ताव गर्ने भएको छ ।

साथै, साधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाएर ३ जना कायम गर्नका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव उक्त सभामा पेश गरिने बैंकले जनाएको छ ।


पुष्प दुलाल