ग्यास सिलिण्डरको मुल्य घट्यो, सबै कम्पनीका सिलिण्डर २१ सय रुपैयाँमै



काठमाडौं । खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै बिहिबार एलपि ग्यास उद्योग संघ बागमति समितिले प्रति सिलिण्डर २१ रुपैयाँ कायम गरेको हो ।

बजारमा कम्पनी पिच्छे फरक मुल्यमा ३ हजार रुपैयाँ देखि ४ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको थियो । तर केही कम्पनीले बजारमा चलेको भाउमा भन्दा अत्यन्तै सस्तो मुल्यमा समेत खाली सिलिण्डर बिक्री गरिरहेको थिए ।

संघले बागमति प्रदेश भित्रमात्र सो मुल्य निर्धारण गरेको हो । कायम हुने गरी खाली सिलिण्डरको जसलाई एलपि ग्यासको खाली सिलिण्डरको मुल्यमा एक रुपता गरेको जानकारी दिएको छ ।

संघले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने जनाएको छ ।


क्लिकमान्डु