शेरधन राईकि श्रीमती हुँ भन्ने युवतीले मुद्दा फिर्ता लिइन



काठमाडौं । प्रदेश नम्बर का मुख्यमन्त्री शेरधन राई विरुद्ध मुद्दा दर्ता गर्ने युवती बालिका खड्काले मुद्दा फिर्ता लिएकी छन् । 

 ती युवतीले आफूले अंश चलन मुद्वा दर्ता गरेकोमा  फिराद पत्रमा उल्लिखित ब्यहोरा अरुको दुरुत्साहनमा परी गरेको उल्लेख गरेकी छन् । उनले शेरधन राईकी श्रीमति भनी दाबी गर्दै अंश माग गरेकी थिइन । 

शेरधन राईसंग अंश माग गर्नका लागि श्रीमान श्रीमतिको नाता कायम भएको वा हुन सक्ने आफूसँग कुनै आधार प्रमाण नभएको  र वास्तविक रुपमा हाम्रो त्यस्तो कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायमै हुन नसक्ने भएपछि आफूले लिएको अंश दावी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएको हुँदा उक्त मुद्वा फिर्ता लिनका लागि  यो मुद्वा फिर्ता लिए’ उनले भनेकि छन् । 

उनले मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी थिइन् ।


क्लिकमान्डु