असोज मसान्तभित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनामै व्यक्तिगत आवधिक कर्जामा स्थीर ब्याजदर कायम गर्नुपर्ने भएको छ ।

एकीकृत निर्देशिका २०७७ मा स्थीर ब्याजदर सम्बन्धी उल्लेखित व्यवस्था सो समयभित्र कार्यान्यवन गर्ने नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै असोज महिनामै स्थीर एकीकृत निर्देशन २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थीर ब्याजदर निर्धारण तथा प्रकाशन गर्ने भनेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकीकृत निर्देशन जारी व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा नयाँ तथा पुरानो कर्जाको ब्याजदर स्थीर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

जसअनुसार अब असोज मसान्तभित्रै पुराना ऋणीहरुले ब्याजदर समेत स्थीर हुनका साथै नयाँ व्यक्तिगत कर्जा लिनेले पनि स्थीर ब्याजदरमा उपयोग गर्न पाउने छन् ।


क्लिकमान्डु