ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्ने, भिडियो कल गरी रोज्न पाइने



काठमाडौ । ग्यापु डट कमले दशैलाई लक्षित गरी लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ।

चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरी उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए बताए। साथै ग्यापुले दशैंमा ५० लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काले बताए ।

‘अधिकाशं मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र  तौल जोखेर लिने गर्छन्,’ उनले भने, ‘हामी यो कुरालाई पनि सहज बनाउँदै छौं, सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौं ।’

दशैंमा उपत्यकामा ३ हजार खसी बेच्ने उद्देश्यले ग्यापुले खसीको प्रि-बुकिङ पनि शुरू गरिसकेको छ । उपभोक्ताले अहिलेनै खसि घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताए।

होम डेलिभरी सेवा भरपर्दो भएकाले समन्वय गरी काम गरेको बाजेको सेकुवाका सञ्चालक चेतन भन्डारी बताउँछन् ।

ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, सेल पे, इ-सेवा, खल्ती, आइएमइ पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।

लकडाउनकै अवधीमा स्थापना भई आक्रमक व्यापार गरिरहेको ग्यापुले छोटो समयमै चार दर्जन बढीलाई रोजगार दिन सफल भएको छ । ग्यापुले विभिन्न कम्पनी र ठुला सप्लायर्ससँग सहकार्य गरेर उपत्यकाभित्र सेवा दिइ रहेको छ। सामान बिक्री भएको ३ देखी ५ दिनभित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले निशुल्क सामान डेलिभरी गरिने बताए ।


क्लिकमान्डु