रातभरी कसले गर्यो ३१ करोड ८८ लाखको सेयर कारोबार, बोर्डले नेप्सेलाई सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीमा नै धेरै नै बेथिती देखिन थालेको छ ।

मंगलबार बजार बन्द भएपछि १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको देखाइएको थियो । तर रातारात कारोबार रकम बढेर २ अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ रुपैयाँ पुगेको छ ।

रातारात नेप्सेको अन्य सूचक उस्तै भएपनि कम्पनीको सेयर कित्ता र र कारोबार रकममा भने निकै अन्तर देखिएको छ ।
मंगलबार बजार मापन गर्ने सूचक ४.४७ अंकले घटेर १५३६.०३ बिन्दुमा रोकिएको थियो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५९ अंकले घटेर ३०४.६५ बिन्दुमा रोकिएको थियो ।

यता १९१ कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

तर बुधबार बिहान नेप्सेको अनलाइमा तथ्याङक भने परिवर्तन भएको देखिएको थियो ।

बुधबार बिहान नेप्सेको सिस्टममा १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता सेयर २ अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ रुपैयाँको सेयर किनबेच भएको छ ।

रातारात ३१ करोड ८८ लाख ४२ हजार ५५८ रुपैयाँ बढी कारोार भएको देखिएको छ ।

कारोबार रकममा मात्रै नभएर कम्पनी, सेयर कारोबार भएको कित्ता समेत फरक देखिएको छ ।

स्रोतका अनुसार नेप्सेले पुरानो वेवसाइटलाई बन्द गर्न लागेकोले नयाँलाई मान्यता दिन लागेको छ । त्यैले पुरानोमा भन्दा पनि नयाँमा देखाएको तथ्याङकलाई आधार मान्नु पर्ने जनाएको छ ।

हिजो पुरानो वेवसाइटमा समस्या भएको र नयाँमा त्यो समस्या नभएको नेप्सेको भनाइ । नेप्सेका अनुसार पुरानो वेवसाइटलाई हटाउन लागेको र नयाँमा भएको सूचनालाई सबैले आधार मान्नुपर्ने बताएको छ ।

नेप्सेको प्रवक्ता मुराहरी पराजुलीले यस विषयमा सम्बन्धीत शाखामा बुझे पछि मात्रै के भएको रहेछ भन्न सकिने बताए ।

रातारात यसरी कारोबार हुनलाई वित्तीय अपराधको रुपमा लिुनपर्ने लगानीकर्ताको भनाइ रहेको छ । यस विषयमा धितोपत्र बोर्डले नेप्सेलाई रातारात ३१ करोड ८८ लाख रुपैयाँको कारोबार गरेपछि कसरी यो कारोबार भयो भनेर प्रस्टिकरण सोधेको छ ।

बोर्ड स्रोतका अनुसार मंगलबार एउटा र बुधबार बिहान कारोबार रकम के कसरी परिवर्तन भयो त्यसको लिखित जवाफ पठाउन नेप्सेलाई निर्देशन दिएको छ ।

यता बुधबार पनि नेप्सेको पुरानो वेवसाइटमा भने समस्या नै देखिएको छ । पुरानो वेवसाइट र नयाँमा सबै तथ्याङक गलत रहेको पाइएको छ । नेप्सेले पुरानो र नयाँ दुईवटा वेवसाइट चलाएर लगानीकर्तालाई थप अन्योलता सिर्जना सृजना गरेको छ ।

यो समाचार तयार पार्दासम्म पुरानो वेवसाइटमा ३८ करोड १ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने नयाँमा ३६ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।


पुष्प दुलाल