युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा पाउने



काठमाडौं । अर्थमन्त्रीको पदबाट हटेको ११ दिनभित्रै सरकारले डा. युवराज खतिवडालाई पुनः अर्को राजनीतिक नियुक्ति दिइएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्व अर्थमन्त्री डा खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

यही भदौ १९ भदौमा सरकारको अर्थमन्त्रीबाट राजीनामा दिएका डा.  खतिवडाले २ साताकै अवधिमा अर्को पद पाएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्री वा सो सरको सुविधा दिने गरी उनलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकारमा नियुक्ति गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले २०७६  फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएर २१ फागुनमा  पुन मन्त्रीमा नियुक्ति भएका थिए । उनी मन्त्रीबाट बाहिरिने क्रममा सरकारको कूनै भूमिकामा रहेर काम गर्ने बताउँदै आएका थिए ।

प्रधानमन्त्रीको विषेश आर्थिक सल्लाहकारको रूपमा खतिवडालाई नियुक्त गरिएको पुष्टि गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले उनले मन्त्रिसरहको सुविधा पाउने बताए ।

तर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार रहेका पूर्वसचिव लाल शंकर घिमिरे‍को जिम्मेवारी के हुने भन्ने बारेमा केही बताइएको छैन ।


क्लिकमान्डु