सार्वजनिक सवारी साधन असाेज १ गतेदेखि खुल्ने, भाडा ५०% ले बढ्यो



काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा सरकारका नवनियुक्त प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी दिए ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । ज्ञवालीले सार्वजनिक सवारी साधनहरूले ५० प्रतिशत बढी भाडा लिन पाउने जानकारी दिए ।


क्लिकमान्डु