यी हुन् सबैभन्दा धेरै कमाउने १० फुटबल खेलाडी, सबैभन्दा अगाडि मेस्सी



काठमाडौं । स्पोर्टस म्याग्याजिन फोब्र्सले २०२० को सबैभन्दा बढी आम्दानी गर्ने फुटबल खेलाडीको तथ्याङ्क सार्वजनिक गरेको छ ।

जसमा सबैभन्दा अगाडि अर्जेटिनाको लियोनल मेस्सी छन् । मेस्सीले १२६ मिलियन डलर कमाएर लगातार दोस्रो वर्ष पनि सार्वधिक खेलाडी बन्न सफल भएको छन् ।

त्यसैगरी पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो ११७ मिलियन डलर आम्दानीका साथ दोस्रो स्थानमा छन् । यसबीच उनको सम्पत्ति ५९ लाख डलर बढेको छ ।

त्यस्तै बाज्रिलको स्टार खेलाडी नेमार जूनियर सबैभन्दा बढी कमाउनेको सूचीमा तेस्रो स्थानमा छन् । उनले ९६ मिलियन डलर आम्दानी गरेका छन् ।

त्यसैगरी चौथो स्थानमा फ्रान्सका किलियन एम्बाप्पे छन् । उनले सबैलाई चकित बनाउँदै पहिलो पटक टप ५ मा पर्न सफल भएका छन् । उनले गत वर्ष उनले ४२ मिलियन डलर कमाएर पाँचौं स्थानमा नाम लेखाउन सफल भएका छन् ।

लिभरपुलको मोहम्मद सलाह लगातार दोस्रो वर्ष पनि लिगबाट १ गोल्डन बूटको विजेता चुनिएका थिए । सलाहले कोरोना महामारीको बीचमा ३७ मिलियन डलर आम्दानी गरेर छलाङ मारेका छन् ।

इग्ङ्लिश फुटबल क्लब लिभरपुलको स्टार खेलाडीले पछिल्लो वर्षको भन्दा ८७ करोड रुपैयाँ बढी आम्दानी गरेका छन् ।

यस्तै, टप टेनमा नाम लेखाउन सफल भएको अन्य खेलाडीमा म्यानचेस्टर यूनाइटेडका पल पोग्बा, बार्सिलोनाका एन्टोन ग्रिजमन, रियल मेड्रिडका गेराथ बेल, बारयार्न मुनिचका रोबर्ट लेवानडोस्की र मेन्चस्टर यूनाइटेको नै डेबिड डि गेय छन् ।


क्लिकमान्डु