सानिमा र एनबी बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?



काठमाडौं । सानिमा बैंक र नेपाल बंगलादेश बैंकले नयाँ ब्यादर सार्वजनिक गरेका छन् ।

सानिमा बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ गतेबाट लागु हुने भएको छ भने नेपाल बंगलादेश बैंकले जारी गरेको नयाँ ब्याजदर भदौ ३० गते (आज)बाटै लागु हुने भनिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले हरेक महिना शुरु हुनुभन्दा अघिल्लो दिनसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नु पर्ने निर्देशन दिएको छ । त्यही निर्देशनका कारण बैंकहरुले असोज महिनाको नयाँ ब्याजदर भदौमा नै सार्वजनिक गर्न थालेका छन् ।

सानिमा बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.७७ र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज पाइने छ । यस्तै बचततर्फ न्यूनतम ३ देखि ५ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकको साउन मसान्तसम्मको आधार दर ८.०७ प्रतिशत रहेको छ । बैंकबाट अधिकांश कर्जा लिँदा १३.०७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट कर्पोरेट, टर्म लोन, रिटेल, अटो लोन, भेहिकल लोन, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लगायतका अन्य प्रकारका लोन लिँदा १३.०७ प्रतिशत ब्याज लाग्ने छ ।

त्यसैगरी नेपाल बंगलादेशले आजबाट जारी हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.२५ र संस्थागतरुपमा ६.५० प्रतिशत ब्याज दिने भएको छ । यस्तै १ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा ८.२५ प्रतिशत ब्याज दिने भएको छ । एनबी मुद्दति योजनामा ७.७५ प्रतिशत ब्याज दिने छ ।

यता बचततर्फ न्यूनतम ३.५० देखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १३ वटा बचत खाता सञ्चालन गगिरहेको छ ।


पुष्प दुलाल