सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो
काठमाडौं । सुन मूल्य मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
सोमबार ९६ हजार ९ सय रूपैयाँ कायम भएको छापावाला सुनको मूल्य मंगलबार सुनको प्रतितोला ९७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कायम भएको छ ।