जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न पाउने गरी सरकारले गरेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रायलाई विपक्षी बनाइ परेको रिटमा सनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्त सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले रिट दायर गरेका थिए । सर्वोच्च अदालतले आगामी असोज ८ गते छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतले उक्त मितिसम्म गत भदौ १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।


क्लिकमान्डु